काठमाडौं– प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । आफूले चाहेअनुसार काम गर्न नपाएको भन्दै उनले राजीनामा दिएका हुन् ।
‘पदमा बस्दा स्वतन्त्रतापूर्वक र मेरो आदतअनुसार काम गर्न पाइनँ, राजीनामा दिएँ,’ उनले बताए ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अहिले अस्पतालमा छन् । यही समयमा न्यौपानेले प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
न्यौपानेले आफ्नो पद मर्यादित नभएको र एउटा सामान्य कर्मचारीजस्तो व्यवहार गरिएको पनि आरोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।