पत्रकारमाथि धावा बोल्ने मेयरलाई कानुनी कारबाही गर्न कांग्रेस युवानेता पौडेलको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पत्रकारमाथि धावा बोल्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन् । उनले बुधबार ट्विट गर्दै मेयर चौधरीमाथि कारवाहीको माग गरेका हुन् । 

लोकतन्त्रप्रति प्रतिबद्ध रहेको देखाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मेयर चौधरीलाई कारबाही गर्नुपर्ने नेता पौडेलले जिकिर गरेका छन् । 

‘अराजक भएर विधिका विरुद्ध ललकार्ने, पत्रकारमाथि धावा बोल्ने, जनप्रतिनिधि भएर आफ्नो मर्यादा राख्न नसक्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कानुनी कारबाही होस्,’ पौडेलले ट्विट गर्दै भनेका छन्, ‘आत्मालोचना होइन, लोकतन्त्रप्रति प्रतिबद्ध पार्टीले यस्तो धृष्टता गर्नेलाई कारबाही गरोस् ।’





  • प्रकाशित मिति : जेठ २४, २०७६ शुक्रबार १८:५१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया