जम्बो टोलीसहित युरोप भ्रमणमा निस्कँदै प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणका लागि शनिबार अपराह्न त्यसतर्फ प्रस्थान गर्देछन् । प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुन अन्तर्र्रािष्ट्रय श्रम सङ्गठन ‘आईएलओ’को शतवार्षिकी कार्यक्रममा सहभागि हुन जान लागेका हुन् ।

सो अवसरमा ओलीले चौथो वक्ताका रुपमा सम्बोधन गर्नेछन् । त्यस समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन छ ।

जेनेभामा रहँदा ‘साइडलाइन’मा प्रधानमन्त्रीले केही द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्रीले बेलायतको भ्रमणमा निस्किनेछन् । उक्त भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्रीको युरोप भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने बताइएको छ । 

त्यस्तै जेठ २९ गतेसम्म बेलायतको भ्रमण गर्नेछन् । प्रधानमन्त्रीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस अवसरमा बेलायतमा केही उच्चस्तरीय भेटघाट प्रधानमन्त्रीको हुनेछ ।  

भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.भट्टराई, प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, सांसद विन्दा पाण्डे, परराष्ट्र सचिव, श्रम तथा रोजगार मन्त्रालयका सचिव लगायतको सहभागिता रहनेछन् । 



त्यस्तै, प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि जेठ २९ देखि ३१ गतेसम्म फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने छ । सो अवसरमा प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

बेलायतसँग नेपालका युगौँ पुरानो सम्बन्धबारे सिंहावलोकन गर्नुका साथै सम्बन्धलाई नयाँ उचाइमा लग्ने भन्ने विषयमा केही समझदारीहरू हुने बताइएको छ । 
 



  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार ८:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया