जावेद जाफरीकी छोरी अलाविया जसले अस्वीकार गरिन् १५ फिल्म

एजेन्सी– अहिले बलिउडमा जावेद जाफरी निकै चर्चामा छन् । तर, उनी आफैंले केही गरेकाले अहिले चर्चामा आएका होइनन् । उनको छोरा मिजान जाफरीको पहिलो फिल्म मलाल यही ५ जुलाईमा रिलिज हुँदैछ । यही कुराले पनि जावेदलाई चर्चामा ल्याएको हो । 

तर, अझ चर्चा त अर्को कुरामा भएको छ । त्यो हो, उनकी जेठी छोरी २६ वर्षीया अलावियाले बलिउडका हस्तीहरुले राखेका प्रस्तावसमेत अस्वीकार गरेकी छिन् । अहिले अमेरिकामा पढिरहेकी जावेदकी छोरी अलावियाले धर्मा, यशराज तथा एक्सेललगायतका प्रोडक्सन हाउसले गरेका प्रस्ताव पनि अस्वीकार गरेको कुरा भारतीय मिडियामा निकै चर्चामा छ ।

अलावियाले १५ भन्दा धेरै फिल्म अस्वीकार गरिसकेको कुरा अरु कसैले नभएर उनकै भाई मिजानले बताएका हुन् । फेसन र बिजनेस पढिरहेकी अलावियाले पढाइ सकिएपछि चाहिँ फिल्ममा आउन सक्ने सम्भावना रहेको मिजानले बताएका छन् । 





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १५:१५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया