एजेन्सी– विश्वका सबैभन्दा धनीमध्येका एक वारेन बफेटसँग विहानको खाना अर्थात् लन्च गर्नका लागि करिब ५० करोड रुपैयाँ खर्चन एक व्यक्ति तयार भएका छन् । यी व्यक्रि क्रिप्टोकरेन्सी ट्रानिक्सका संस्थापक जस्टिन सन हुन् । २८ वर्षका सनले सोमबार ट्विट गरेर यो जानकारी दिएका हुन् ।
अचम्म त के भने विश्वभर अनेक व्यवसायमा लगानी गरेका बफेटले क्रिप्टोकरेन्सीमा विश्वास गर्दैनन् । उनी त क्रिप्टोकरेन्सीलाई मुसा मार्ने औषधि भन्दा पनि खतरानक भएको बताउँछन् । तर, अब क्रिप्टोकरेन्सीकै संस्थापकसँग बसेर उनले खाना खाने भएका छन् ।
सनले यो लन्च मिटिङले वारेन बफेटको क्रिप्टोकरेन्सीबारेको धारणा परिवर्तन हुने विश्वास लिएका छन् । उनले बफेटलाई क्रिप्टोकरेन्सीमा पनि लगानी गर्न उत्प्रेरित गर्ने बताएका छन् । सनले सन् २०१७ मा क्रिप्टोकरेन्सी ट्रान सुरु गरेका थिए । अहिले यो विश्वको एघारौँ ठूलो क्रिप्टोकरेन्सी हो । यसको मूल्य ४ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
बफेटसँग खाना खानका लागि यसरी लिलामीमा खर्च हुने रकमलाई ग्लाइड फाउन्डेसनले प्रयोग गर्दै आएको छ । यसपटक लागेको यो बोली अहिलेसम्मकै सबैभन्दा महंगो हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।