हुवावेका स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम प्रतिबन्धित

एजेन्सी– अब हुवावेका नयाँ स्मार्टफोनमा फेसबुक, ह्वाट्सएप र इस्टाग्राम एप प्रतिबन्धित हुने भएको छ । फेसबुकले अब बन्ने हुवावेका नयाँ फोनमा आफ्ना एप हटाउने भएको हो ।

अमेरिकाले सुरक्षा जोखिम रहन सक्ने बताउँदै गत मे महिनामा आफ्ना देशका कम्पनीहरूलाई  विदेशी दूरसञ्चार प्रदायकसँग सहकार्य नगर्न निर्देशन दिएको थियो । यसअघि हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एप राख्न नपाउने भएको थियो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेलाई अमेरिकी कम्पनीले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा राखेका थिए । अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण ट्रम्पले सो कदम चालेका हुन् । 

हुवावे कम्पनीले बारम्बर हालका प्रयोगकर्तालाई अहिलेको प्रतिबन्धले असर नगर्ने प्रस्ट पारेको छ । हालका मोबाइल प्रयोगकर्ताका लागि आगामी दिनमा आवश्यक अपडेट जारी रहने उसले प्रस्ट पारेको छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १७:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया