सेयर बजारमा साताभर पौने तीन अर्बको कारोबार

काठमाडौं– धितोपत्र बजारमा यस साता दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १ सय ५२ रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ सय ७२ कम्पनीको ८३ लाख ६६ हजार २ सय ५५ कित्ता सेयर कारोबार भए । 

कारोबारमापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४.५९ बिन्दुमा झरेर बन्द भयो । 

साताको पहिलो दिन सेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो । सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अंकमा झर्यो । स्टकका अनुसार सो दिन कुल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता सेयर ७५ करोड ३२ लाख ५७ हजार २ सय ९ रुपैयाँमा खरिद–बिक्री भए । 

यस्तै दोस्रो दिन, कारोबारमापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अंक्मा झर्यो । एक हजार तीन सय बिन्दुमाथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झर्यो । सो दिन कुल १ सय ७१ कम्पनीको २१ लाख ७६ हजार ३ सय ७० कित्ता सेयर ६९ करोड ८७ लाख ३९ हजार ७ सय ६ मूल्यमा खरिद–बिक्री भए । 

यस्तै साताको तेस्रो दिन पनि कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अंकमा पुग्यो । स्टकका अनुसार कुल १ सय ७२ कम्पनीको २२ लाख ५२ हजार ५ सय ४६ कित्ता सेयर ७१ करोड ५४ लाख ७८ हजार ६ सय १२ मूल्यमा खरिद–बिक्री भए । बुधबार भने सार्वजनिक बिदा परेका कारण सेयर बजार पनि बन्द रह्यो । 

बिहीबार पनि कारोबारमापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अंकमा झर्यो । सो दिन कुल १ सय ७२ कम्पनीको १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर ५८ करोड ८८ लाख २२ हजार ६ सय २५ मूल्यमा खरिद–बिक्री भए । 





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १७:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया