सर्वोच्च अदालतले २०६३ साल गौर हत्याकाण्डको छानबिन अघि बढाउन परमादेश जारी गरेपछि आम जनता पार्टीका अध्यक्ष प्रभु साहले यस कदमलाई न्यायको जितको रूपमा व्याख्या गरेका छन् ।
सन् २०६३ मा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीचको झडपमा २७ माओवादी कार्यकर्ता मारिएका थिए । त्यसपछिका वर्षमा पीडितले न्यायको लामो प्रतीक्षा गरिरहेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि प्रभु साहले भनेका छन्, ‘आज सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जित भएको छ । विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पर्खाइमा रहेका वीभत्स गौर नरसंहारका पीडितमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ ।’
यस्तै, उनले आजबाट शीघ्र न्याय निरुपण हुने र दोषी कानुनको दायरामा आउने पनि आशा व्यक्त गरेका छन् ।
यो पनि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।