माले – मालदिभ्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशकै सर्वोच्च सम्मान ‘निशान इज्जुद्दीन’ प्रदान गरेको छ। माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सालेहले प्रधानमन्त्री मोदीलाई उक्त सम्मान प्रदान गरेका हुन् । मालदिभ्सकाे मजलिस (संसद) मा उनलाई याे सम्मान दिइएकाे हाे ।
प्रधामन्त्री माेदीले दोस्रो कार्यकालको शुरुवात मालदिभ्सबाट गर्न पाएको भन्दै खुशी व्यक्त गरेका छन्। माेदी शनिबार दुई दिवसीय यात्रामा माल्दिभ्स पुगेका हुन् ।
#WATCH President of Maldives, Ibrahim Mohamed Solih confers upon PM Narendra Modi, Maldives' highest honour accorded to foreign dignitaries, 'The Most Honourable Order of the Distinguished Rule of Nishan Izzuddeen'. pic.twitter.com/dzl79XZXzN
— ANI (@ANI) June 8, 2019
सम्मान पाएपछि माेदीले भने, ‘निशान इज्जुद्दीनको सम्मान मेरा लागि हर्ष र गर्वको विषय हो। यो दुवै देशबीचको मित्रता र घनिष्ठ सम्बन्धको सम्मान हो।’
दुई देशका नागरिकबीच सम्पर्क बढाउन भारतमा कोच्ची र मालदिभ्सको कुल्तुफुशी र मालेबीच डुंगा सेवा शुरु गरिने भएको छ। मालदिभ्स र भारतबीच सैन्य प्रणाली सम्बन्धी सम्झौता पनि भएको छ।
मालदिभ्समा विगतको सरकारले चीनलाई महत्व दिएको आरोप लागेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।