एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार चर्चामा आइरहन्छिन् । तर, पछिल्लो समय उनी अलिक बढी नै ट्रोलको शिकार हुन थालेकी छिन् । एक स्टायल म्यागजिनका लागि उनले खिचेको तस्वीरका कारण यसपटक उनी आलोचकहरुको नजरमा परेकी हुन् ।
म्यागजिनका लागि खिचेको फोटोमा उनले साडी नै लगाएकी छिन् । तर, साडीलाई अलिक फरक तरिकाले प्रस्तुत गरिएको छ । ब्याकलेस साडी लगाएकाले उनको बढी आलोचना भएको हो । फेरि प्रियंकाले यो फोटो सुटका लागि ब्लाउज लगाएकी छैनन् । सामाजिक सन्जालमा भाइरल भएको उनको भिडियोमा ब्याकलेस पोजको निकै आलोचना गरिएको हो । सामाजिक सन्जालमा उनलाई बढी एक्सपोज गरेको भन्दै आलोचना भएको हो ।
प्रियंकाको यो डिजाइन डिजाइनर तरुण तहलियानीले गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।