धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले बिहिबार गएको हावाहुरीमा मृत्यु भएका दुई जनाको परिवारलाई डेढ लाख दिने निर्णय गरेको छ ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता कानुनमन्त्री प्रकाश शाहका अनुसार हावाहुरीका कारण क्षति पुगेका परिवारलाई २० हजार र आशिंक क्षति भएका परिवारलाई १० हजार पनि दिने निर्णय भएको छ ।
बिहिबार राती ठूलो हावाहुरीका आउँदा कैलाली र कन्चनपुरमा दुई जनाको मृत्यु भएको थियो । एक सय जना घाइते भएका थिए । सयभन्दा धेरै घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको थियो ।