एजेन्सी– बलिउड अभिनेता रणबीर कपुर बारम्बार चर्चामा आइरहन्छन् । यसपटक उनी चर्चामा आउँदा चाहिँ उनी स्वयंलाई घाटा हुने भएको छ । उनी फिल्म ब्रह्मास्त्रको सुटिङ गरेको स्थानमा भएको घटना हो यो । त्यहाँ उनका एक प्रशंसकले उनको खुट्टामा ढोगे । तर, यही कारणले उनी ट्रोलको शिकार भएका छन् ।
उनी बसिरहेको कोठामा भएको यो घटनामा रणबीरको धेरैले आलोचना गरेका छन् । खासमा के भयो भने रणबीरले आफू सोफामा बस्दा पनि उनका फ्यानलाई भुइँमा नै छोडे । त्यसैले उनका प्रशंसक भनिरहेका छन्– रणबीरले भेदभाव गरे, आफ्ना प्रशंसकलाई भुइँमा छोडिदिए । ‘रणबीरले के आफूलाई भगवान सोचेका छन् त ?’ एक सामाजिक सन्जाल प्रयोगकर्ताले सोधेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।