काठमाडौं– विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिकासम्बन्धी दक्षिण एसियाली सम्मेलन भोलि काठमाडौंमा सुरु हुँदै छ ।
नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि र विज्ञहरुको सहभागितामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा चिनियाँ प्रतिनिधि पनि सहभागी हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धिहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ । यस्तै विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरुको पनि प्रस्तुति रहने छ ।
विपद्, पुनर्निर्माण लगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बताउँछन् ।
भोलि र पर्सि हुने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एन्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपियन युनियनको संयुक्त आयोजना हुन लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।