किर्गिस्तान जान मोदीलाई बाटो देला पाकिस्तानले ?

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १३ जुनमा संघाई सहयोग संगठनको बैठकमा भाग लिन किर्गिस्तान जाँदै छन् । मोदीलाई किर्गिस्तान जान बाटो खोलिदिन भारतले पाकिस्तानलाई आग्रह गरेको छ । 

भारतबाट किर्गिस्तान जाने सिधा बाटो पाकिस्तानको हावईक्षेत्र पार गरेर जान्छ । बालाकोट हवाई आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका कारण दुवै देशले आफ्नो हवाई मार्ग बन्द गरेका थिए । 

भारतबाट पाकिस्तानी हवाईक्षेत्र हुँदै किर्गिस्तान जान ४ घन्टा लाग्छ । पाकिस्तानले मोदीलाई बाटो दिनेबारे अहिलेसम्म केही बताएको छैन । २१ मेमा विदेशमन्त्री सुष्मा स्वराजलाई भने उसले आफ्नो हवाई क्षेत्रबाट किर्गिस्तान जाने अनुमति दिएको थियो । 

यदि पाकिस्तानले भारतको आग्रह स्वीकार गरेन भने मोदीलाई यो यात्रामा दोब्बर समय लाग्नेछ । 

भारतको पुलवामामा जैस–ए–मोहम्मदले ४० भारतीय अर्धसैनिकको ज्यान जानेगरी आतंककारी आक्रमण गरेपछि भारतले २६ फेब्रुअरीमा पाकिस्तानी भूमि बालाकोट छिरेर जैस–ए–मोहम्मदविरुद्ध हवाई हमला गरेको थियो । त्यसपछि केही दिन भारत र पाकिस्तानबीच सीमाक्षेत्रमा गोलाबारी चलेको थियो । 

२७ मार्चमा पाकिस्तानले बैंकक र क्वालालम्पुर जानेबाहेक अन्य सबै मार्ग खुला गरेको थियो । तर, भारतका लागि भने उसले केवल दुई मार्ग खोलिदिएको छ, जसका कारण भारतीय विमानहरुले पाकिस्तानको उत्तरी क्षेत्रबाट घुमेर उडान भर्न परिरहेको छ । यसबाट एयर इन्डियालाई मात्र ३०० करोडभन्दा बढीको नोक्सान भइसकेको उसले बताएको छ । 





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १८:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया