नेपाल लाइफकाे सदावहार जीवन बिमा योजना, घातक रोगका लागि ५० लाखसम्मको बिमालेख लिन सकिने

काठमाडौं– झन्डै ३२ प्रतिशत बजारहिस्सा ओगटेको बिमाक्षेत्रको अग्रणी कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पछिल्लो समय केही भिन्न खालका बिमा योजनाहरु ल्याइरहेको छ । केही महिनाअघि ‘घातक रोग सुविधा योजना’ ल्याएर बिमाक्षेत्रमा निकै चर्चा कमाएको कम्पनीले आज ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गर्यो । 

‘सदावहार जीवनका लागि सदावहार जीवन बिमा योजना’ नारासहित ल्याइएको यो योजना आजैदेखि लागू हुनेछ । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमका गरी उक्त बिमा योजना सार्वजनिक गरेको हो ।

‘आजको समयमा धेरैजसो व्यक्तिहरू आफूले गरेको लगानीको प्रतिफल कम समयमा प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहन्छन्,’ बिमा योजना सार्वजनिक गर्ने कार्यक्रममा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले भने, ‘सेवाग्राहीहरूको यही चाहनाअनुसारको बिमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस

कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ ल्याएको हो ।’ 
उनका अनुसार यो योजनामा प्रत्येक वर्ष बिमांकको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजीवन जोखिम बहन गर्नु र बिमा अवधिपश्चात् पनि समर्पण मूल्य प्राप्त हुनु यस योजनाको मुख्य विशेषता हो ।

सदावहार बिमा योजनाकाे विशेषता

कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बिमांक रकम २ लाख रुपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बिमांक रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ ।



यो बिमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बिमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ ।

बिमाशुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष छ भने बिमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष छ । त्यस्तै, बिमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ ।



बिमालेख चालु भएको अवस्थामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमालेखअन्तर्गत पूरा बिमांक रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बिमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आंशिक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ ।

एकल बिमाशुल्क योजनामा बिमाशुल्क भुक्तानी अवधिभित्र बिमितको मृत्यु भएमा बिमांक रकम र आर्जित बोनस वा एकल बिमाशुल्क रकममध्ये बढी हुने रकम बिमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै, सबै किस्ता बिमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बिमितको मृत्यु भएमा पुनः बिमांकबराबरको रकम प्रदान गरिनेछ । 

९० प्रतिशतसम्म कर्जाको सुविधा

यस योजनामा बिमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बिमाशुल्क भुक्तानी गरेपश्चात् बिमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बिमाशुल्क योजनामा बिमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बिमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बिमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ । 

करिब ३२ प्रतिशत बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड ९६ लाख १६ हजार ८ सय १० रुपैयाँ छ भने लगानी ६७ अर्ब रुपैयाँ छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ५९ अर्ब रुपैयाँ र सेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी छ । १ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा–उपशाखामार्फत सेवा उपलब्ध गराइरहेको छ । 

हालसम्म स्वदेश र विदेश गरी झन्डै २५ लाख व्यक्ति यस कम्पनीमा बिमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधा उपलब्ध गराउँदै जाने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार १९:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया