बेइजिङ– चीनमा हालै सम्पन्न वर्ल्ड इन्टेलिजेन्स कंग्रेसमा दिमाग पढ्ने चिपको प्रदर्शन गरियो । वैज्ञानिकहरुको दाबीअनुसार यसको माध्यमबाट मानिस सोचेकै भरमा कम्प्युटर र स्मार्टफोनमाथि नियन्त्रण राख्न सक्छन् ।
चिपलाई ‘ब्रेन टकर’ नाम दिइएको छ । यो चिप मस्तिष्कको विद्युतीय तरंगबाट चल्छ । तरंगबाट प्राप्त सिग्नललाई कम्प्युटरमार्फत डिकोड गर्न सकिन्छ ।
चिप निर्माता वैज्ञानिकको भनाइमा यसबाट कम्प्युटर, स्मार्टफोनजस्ता इलेक्ट्रोनिक डिभाइस नियन्त्रण गर्न सकिन्छ । यसलाई चिकित्सा, शिक्षा, सुरक्षा र मनोरन्जनका क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।
‘ब्रेन टकर’को निर्माण तियानजिन विश्वविद्यालय र चाइना इलेक्ट्रोनिक कर्पोरेसनले संयुक्त रुपमा गरेका हुन् । निर्माताहरु यस चिपका माध्यमबाट विना कुनै निर्देश, कुनै चालविनै कम्प्युटर, स्मार्टफोन चलाउन सकिन्छ । अपांगता भएकालाई त यो ज्यादै फलदायी हुनेछ, किनकि यो चिपको प्रयोग गरी बिरामीले सोच्नेबित्तिकै उसको ह्विलचियर गुड्ने, घुम्ने, रोकिने बनाउन सकिन्छ ।
तियानजिन विश्वविद्यालयका डिन डग्स मिंग भन्छन्, ‘दिमागबाट कम्प्युटर नियन्त्रित गर्ने कार्यको राम्रो भविष्य छ । ब्रेन टकर चिप दिमाग र कम्प्युटरबीच एक इन्टरफेस टेक्नोलोजीको रुपमा काम गर्नेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।