विश्वकप क्रिकेटः भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो

काठमाडौं– भारतले जारी विश्वकपमा आफ्नो दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले हराएको छ । भारतले यो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५२ रन बनायो ।

३ सय ५३ रनको लक्ष्य लिएर ब्याटिङ गर्न उत्रिएको अष्ट्रेलियाली टिमले ५० ओभरमा ३ सय १६ रन मात्र बनाउन सक्यो । 

जारी विश्वकपमा यो भारतको लगातार दोस्रो जित हो । भारतले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । विश्वकपमा भारतले अष्ट्रेलियालाई जितेको यो चौथों पटक हो । 

अष्ट्रेलियाले पछिल्ला ११ एक दिवसीय खेलमा पहिलो पटक पराजय भोगेको हो । 

यो खेलमा भारता लागि शिखर धवनले सबैभन्दा बढी १ सय १७ रन योगदान गरे । बलिङमा भारतका जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३–३ विकेट लिए । युजवेन्द्र चहलले २ विकेट लिए । 

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सबैभन्दा धेरै ६९ रनको योगदान दिए । 





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १:२५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया