एजेन्सी – चार महिनादेखि बन्द रहेकाे भेनेजुएला र कोलम्बियाको सीमाना खुलेको छ। सीमा खुलेपछि दशौं हजार मानिसले सीमा पार गरेको अधिकारीहरुले बताएका छन्।
गत फेबु्रअरीमा विपक्षी नेता जुआन गुाेइडोले अमेरिकी समर्थनको मानवीयसहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मादुरोले देशबीचको सीमा बन्द गरेका थिए ।
संयुक्त राष्ट्र संघका अनुसार देशको राजनीतिक र आर्थिक संकटका कारण सन् २०१५ यतामात्रै ४० लाख मानिसले भेनेजुएला छोडेका छन्।
कोलम्बियाको विदेश मन्त्रालयका अनुसार दुई देशबीचको सीमानाका खुलेसँगै शनिबार ३० हजार भेनेजुएलाका नागरिक कोलम्बिया पुगेका छन्।
विपक्षीहरुले विदेशी सहायता ल्याउने कार्यक्रम सुरु गरेपछि राष्ट्रपति मादुरोले त्यो कार्य आफूलाई हटाउन गरिएको प्रयत्नको एक अंश भन्दै विरोध गरेपछि कोलम्बिया, ब्राजिल र डच एन्टिलेस आइल्यान्डहरुसँगको सीमा यो वर्षको सुरुतिर बन्द गरिएको थियो।
कोलम्बियासँगको सीमा खोल्ने घोषणा ट्विटरमा गर्दै मादुरोले उनको देशमा संकट बढ्नुको आरोप वासिङ्टन नेतृत्वको आर्थिक युद्ध भएको बताएका छन्।
En ejercicio pleno de nuestra soberanía, he ordenado la apertura de los pasos fronterizos con Colombia en el Estado Táchira, a partir de este sábado #8Jun. Somos un pueblo de paz que defiende firmemente nuestra independencia y autodeterminación.
— Nicolás Maduro (@NicolasMaduro) June 7, 2019
विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष गाेइडोले मादुरोको पुनर्निर्वाचन अवैधानिक भन्दै जनवरीदेखि आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा संकट बढेकाे हाे ।
त्यसपछि अमेरिका र ल्याटिन अमेरिकीलगायत ५० देशले गाेइडोलाई समर्थन गरेका छन् भने मादुरोलाई चीन, रुसलगायत मेक्सिको, टर्कीसहितका समर्थन छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।