क्रिकेट करिअरबाट सन्न्यास लिए युवराज सिंहले

काठमाडौं– भारतका चर्चित क्रिकेट खेलाडी युवराज सिंहले क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । सिंहले नयाँ दिल्लीमा कार्यक्रम गर्दै सन्न्यासको घोषणा गरेका हुन् । 

युवराज पछिल्लो समयमा टिमबाहिर थिए । सन् २०११ को विश्वकप भारतले जित्दा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका उनी २०१९को विश्वकप खेलेर सन्यास लिने मनसायमा थिए । तर, सो खेलका लागि युवराज टिममा परेनन् ।

सन् २०१७ मा इंग्ल्यान्डविरुद्धको खेल उनको अन्तिम टी–२० क्रिकेट थियो । उनले भारतीय टिमबाट ३०४ एकदिवसीय खेलमा ८ हजार ७०१ रन बनाएका उनी पछिल्लो समय टिममा पर्न असफल हुँदै आएका थिए ।  

युवराजले आफ्नो एकदिवसीय करिअरमा १४ शतक र ५२ अर्धशतक बनाएका छन् । त्यस्तै, ५८ टी–२० क्रिकेट खेलमा एक हजार १७७ रन बनाउँदा ८ अर्धशतक बनाएका छन् । यता, टेस्ट क्रिकेटमा युवराजले ४० खेलबाट एक हजार ९०० रन बनाउँदा तीन शतक र ११ अर्धशतक बनाएका छन् ।

युवराज क्यान्सर रोगलाई जितेर क्रिकेट करिअरमा फर्किन सफल भएका थिए ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १५:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया