ओरालो लाग्यो सेयर बजार

काठमाडौं– सेयर बजारमा कारोबारमापक नेप्से परिसूचक सोमबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ८.७८ अंकले घटेर एक हजार २७५.८२ अंकमा पुगेको छ।

त्यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अंकमा झरेको छ । कुल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता सेयर ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको सेयर मात्र बढेको छ ।

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फन्ड ०.०७ बिन्दुले बढेको छ। त्यसैगरी बैंकिङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बिमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बिमा ६२.४३ बिन्दुले घटेको छ ।

सोमबार एनआइसी एसिया बैंकको चार करोड १८ लाख ५९ हजार ७८ मा कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट तीन करोड ९० लाख ५० हजार ४ सय ३५, सिद्धार्थ बैंक लिमिटेड तीन करोड तीन लाख ९२ हजार ९ सय २७, नेपाल बैंक लिमिटेड दुई करोड ५५ लाख ४० हजार ९ सय ७१ र नविल बैंक लिमिटेड संस्थापक सेयर एक करोड ९५ लाख ५६ हजार ३ सय ४ मा कारोबार भई शीर्ष स्थानमा रहे।

बर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड वित्तीय संस्थाका सेयरधनीले ७.६१ प्रतिशतले कमाए । यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४.९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६४, युनाइटेड मोदी हाइड्रोपावर ४.४६ र ज्योति विकास बैंक लिमिटेडका सेयरधनीले २.६० प्रतिशतले कमाए । 

स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.३३, रिलायन्स फाइनान्स लिमिटेड ६.२५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६।१२, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड ५.१४ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ४.७८ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १८:६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया