अमिताभ बच्चनकाे ट्विवटर एकाउन्ट ह्याक

मुम्बई– बलिउडका महानायक अमिताभ बच्चनकाे ट्विटर एकाउन्ट ह्याक भएकाे छ । साेमबार राति टर्कीका ह्याकरले उनकाे एकान्ट ह्याक गरेका छन् । ह्याकर पाकिस्तानी समर्थक हुन् ।

उनले ट्विटर एकाउन्टमा अमिताभकाे फाेटाे हटाएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे फाेटाे राखेका थिए । मुम्बई प्रहरी प्रवक्ताका अनुसार महाराष्ट्र साइबर टिमले यसकाे अनुसन्धान गरिरहेकाे छ । 

ह्याकर अइलदिज टिमले ट्विटर एकाउन्टमा इमरानकाे तस्बिरसँगै ‘लव पाकिस्तान’ लेखेर टर्कीकाे झण्डा पनि राखेका छन् । कभर फाेटाेमा उडिरहेकाे चीनकाे तस्बिर छ । 

ह्याकरले पाकिस्तानप्रति प्रेम देखाउँदै भारत सरकारले रमजानकाे क्रममा मुस्लिमलाई यातना दिएकाे पनि आराेप लगाएका छन् । 

याेभन्दा पहिला यही समूहले बलिउडका अन्य कलाकारकाे एकाउन्ट पनि ह्याक गरेका थिए । अभिनेता शाहिद कपुर,अनुपम खेरकाे ट्विटर एकाउन्ट ह्याक गरेका थिए । 

अमिताभकाे ट्विटर एकाउन्ट ह्याक भएकाे आधा घन्टाभित्र उनीहरुले बहाल गरेका थिए । 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार ११:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया