आइतबारको धरपकडको नैतिक जिम्मेवारी लिन्छु, तर प्रहरीलाई इटाढुंगा हान्नु लोकतन्त्र होइन – गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी लिँदै शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सरकारले संसद्मा प्रस्तुत गरेको गुठी विधेयकको विरोधमा आइतबार भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् । 

से विषयमा प्रतिनिधिसभामा सांसदहरुले चर्को सवाल उठाएपछि गृहमन्त्री थापाले प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको स्पष्टीकरण दिए । लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रर्दशन गर्न पाइने, तर सुरक्षाकर्मीलाई इटा, ढुंगा हान्नु लाेकतान्त्रिक अभ्यास नभएकाे उनले तर्क गरे ।

गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेका तथा पक्राउ परिसकेकालाई पनि प्रहरीले लात्तैलात्ताले हानेको स्मरण गराउँदै ‘सरकारले नैतिक जिम्मेवारी लिनु नपर्ने ?’ भन्दै प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा हानेकोमा आपत्ति जनाउँदै त्यसो गर्नुको कारण मागे ।



जवाफमा गृहमन्त्री बादलले घटनाको नैतिक जिम्मेवारी लिने बताए । घटनाको नैतिक जिम्मेवारी सरकारले लिने भन्दै गृहमन्त्री थापाले केही कमीकमजोरी भएको भए त्यसको छानिबिन हुनुपर्ने बताए । महानरीय प्रहरीले यसबारे छानबिन गरिरहेको पनि उनले बताए । 



  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १४:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया