ललितपुर– आफ्नै छोरी करणी गरेको आरोपमा नेपाल सरकारका एक उपसचिव पक्राउ परेका छन् । प्रहरीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवलाई सोमबार पक्राउ गरेको हो ।
महोत्तरी स्थायी ठेगाना भएका ४५ वर्षीय यादवले आफ्नै १८ वर्षीया छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हाल यादवको परिवार ललितपुरको धोबिघाटमा बस्दै आएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार यादवले आफ्नै घरको तेस्रो तल्लाको कोठामा छोरीलाई करणी गर्दै आएको अनुसन्धानको क्रममा देखिएको छ ।
विगत ३–४ वर्षदेखि यादवले छोरीलाई डरधम्की देखाई करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । बाबुले छोरीलाई करणी गर्दै आएको कुरा आमाले पनि थाहा पाएकी थिइन् । श्रीमतीले यादवलाई त्यसो नगर्न पटक–पटक चेतावनी दिएकी थिइन् । तर, गत जेठ १९ गते तिनै आमा र किशोरी मिलेर सो घटना बाहिर ल्याएका थिए ।
१२ कक्षामा अध्ययनरत किशोरी कलेजमा एक शिक्षकसँग प्रेममा रहेको र तिनै शिक्षकको दबाबमा किशोरीले प्रहरीमा जाहेरी दिएको प्रहरीले जनाएको छ । किशोरीको उजुरीका आधारमा यादवलाई प्रहरीले सोमबार दिउँसो घरबाटै पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।