प्रधानमन्त्रीलाई ‘छाया अर्थमन्त्री’को प्रश्न : ठूला आयोजना आफैँ हेर्ने हो भने किन चाहियो अरू मन्त्रालय ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद एवं ‘छाया अर्थमन्त्री’ मीनेन्द्र रिजालले बजेटमा खर्च कटौती गर्न प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा रिजालले अर्थ मन्त्रालयका लागि चालू खर्च शीर्षकमा विनियोजन भएको रकम कटौतीको प्रस्ताव गरेका हुन् । 

बजेटमा अर्थ मन्त्रालयका लागि चालू खर्च शीर्षकमा ४ करोड ८६ लाख छुट्याइएको छ । रिजालले त्यसलाई घटाएर अघिल्लो वर्षकैबराबर राख्न प्रस्ताव गरेका हुन् ।

अहिले अर्थ मन्त्रालयले त्यो क्षमता देखाउन नसकेको आरोप लगाउँदै रिजालले आगामी आवका लागि चालू आवको भन्दा बढी रकम खर्च गर्नुपर्ने आवश्यकता नरहेको प्रस्ट पारे । प्रधानमन्त्रीले मनगढन्ते कुरा गर्दै आएको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्रीका अगाडि उभिएर प्रधानमन्त्रीजी, योजना तयारी भएपछि मात्र बजेटमा राखौँ भन्न सक्ने नेतृत्वको अर्थ मन्त्रालयलाई खाँचो छ ।’

नेपालमा साढे ८ प्रतिशतको आर्थिक विकास आवश्यक रहेको, तर त्यसमा अर्थ मन्त्रालयले नेतृतवदायी भूमिका निर्वाह गर्न नसकेको रिजालले जिकिर गरे । ठूला आयोजनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नताप्रति असहमति राख्दै उनले भने, ‘ठूला र रणनीतिक आयोजना प्रधानमन्त्रीले प्रत्यक्ष हेर्ने हो भने किन विभागीय मन्त्रालय चाहियो ?’ 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १५:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया