आर्मीले जित्यो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं– प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

आर्मीले लगातार चौथो उपाधि जितेको हो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१० र २५–१६ अंकले हरायो ।

उपाधिसहित आर्मीले तीन लाख नगद पुरस्कार प्राप्त गर्यो । उप–विजेता गण्डकीले एक लाख ५० हजार पुरस्कार प्राप्त गर्यो भने तेस्रो भएको पुलिस क्लबले ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

विजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कार प्रदान गरेका थिए । यही जेठ १९ गतेदेखि लिग कम नकआउटका आधारमा सुरु भएको उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।  





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १६:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया