काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी व्यवस्थापनको नाममा सरकारले ल्याएको विधेयक नेपालको धर्म, संस्कृति, परम्परा नष्ट गर्ने उद्देश्यबाट अभिप्रेरित रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले विधेयक संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै फिर्ता लिन सरकारसमक्ष माग गरेको हो ।
‘प्राचीनकालदेखि आफ्नो धर्म, कला, संस्कृति र सम्पदाको संरक्षण गर्न, संवर्द्धन गर्न, व्यवस्थित गर्न, निरन्तरता दिन र परोपकारको काम गर्न गुठीको स्थापना गर्ने प्रचलन नेपालको विशिष्ट र मौलिक परम्परा हो,’ राप्रपाको विज्ञप्तिमा लेखिएको छ, ‘गुठी व्यवस्थापनको नाममा सरकारले ल्याएको विधेयक नेपालको धर्म, संस्कृति, परम्परा नष्ट गर्ने उद्देश्यबाट अभिप्रेरित छ । संविधानको मर्म र भावनाविरुद्ध छ । विधेयक तत्काल फिर्ता लिन सरकारसँग राप्रपा जोडदार माग गर्दछ ।’
विज्ञप्तिमार्फत राप्रपाले गुठी विधेयकविरुद्ध हुने संघर्षमा राजनीतिभन्दा माथि उठेर एकजुट हुन सबैलाई आह्वान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।