आठ दिनदेखि बेपत्ता भारतीय वायुसेनाको जहाजको भग्‍नावशेष भेटियो

भारतीय वायुसेनाको एएन–३२ जहाजको भग्नावशेष अरुणाचल प्रदेशमा फेला परेको छ । गएको आठ दिनअघिदेखि उक्त जहाज बेपत्ता भएको थियो । 

असमको जोरहाटबाट उडान भरेको केही समयपछि उक्त मालवाहक जहाज विमानस्थलसँगको सम्पर्कबाट विच्छेद भएको थियो । जहाजमा १३ जना सवार थिए । 

भारतीय वायुसेनाले ट्विट गरेर जहाजमा सवार यात्रु र चालक दलका सदस्यहरुका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । 





  • प्रकाशित मिति : जेठ २८, २०७६ मंगलबार १७:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया