नेपाल सांस्कृतिक संघले जेठ ३१ र ३२ गते राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने

काठमाडौं–नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरूको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ । उक्त भेलाको उद्घाटन कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने संघले जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । 

संघले आफूहरूले स्रष्टा, संस्कृतिकर्मीहरूको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आइरहेको पनि जनाएको छ । हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरूको राष्ट्रिय प्रशिक्षण भेलामार्फत् देशव्यापी रूपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरूको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघको घोषणा छ ।

संघका सभापति तीर्थबहादुर थापाले उक्त राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशिल र रचनात्मक बनाउन संघ लागिरहेको सुनाए । उनले कलाकार तथा स्रष्टाहरुको हकहित पहिचानको लागि पनि उक्त कार्यक्रम फलदायी हुने विश्वास दिलाए । 

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘संस्कृतिको उत्थान बिना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । स्रष्टा संस्कृतिकर्मीहरूलाई उपेक्षा र अवमूल्यन गरेर अघि बढ्न सकिन्न । राष्ट्रको गरिमा र पहिचान भनेकै सांस्कृतिक क्षेत्र हो । यो कुरा जननायक वीपी कोइरालाले आफ्नो संघर्षशील राजनीतिक जीवनको पहिलो उषाकालमै महसुस गरेर सांस्कृतिक क्षेत्रको उन्नयन र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषद्को गठन कार्य गरेबाट स्पष्ट हुन्छ । सोही क्रममा वीपीले वि.सं. २००८ मा स्थापना र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषदले तत्कालिन राणा शासनको निरंकुशताको कोपाभाजन हुनुपरेको घट्नाक्रमह’को इतिहास साक्षी छ ।’

कार्यक्रममा संघका महामन्त्री दुर्गाबहादुर रायमाझीले पनि राष्ट्रिय प्रशिक्षण भेला फलदायी हुने विश्वास दिलाए । त्यस्तै, कार्यक्रममा संघका उपाध्यक्ष जनार्दन आचार्य र महामन्त्रीहरू रोशनी केसी र शिवशंकर रिजालको पनि उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १०:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया