हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताएका छन् । बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले यस वर्ष एक करोडभन्दा बढी विरुवा रोप्ने अभियान चलाइने जानकारी दिए । 

प्रधानमन्त्री ओलीले २५ लाख रुख काट्दा ५० लाख रुख रोप्न सकिने बताए । उनले भने, ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ ।'

नेपालको प्राकृतिक स्रोतको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, 'हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।'

त्यसैगरी प्रधानमन्त्री ओलीले विकासको कुरा गर्दे वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको बताए ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार ११:२७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया