‘सरकारको नेतृत्व आलोपालो नै हो’

चितवन- नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकीकरणका क्रममा सरकारको नेतृत्व आलोपालो गर्ने निर्णय भएको बताएका छन् ।  बुधबार चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले किन पटकपटक बोल्न मेरो मुखबाट लगाइरहनहुन्छ, भएको सहमति त्यही भन्ने भनाई राखे । 

प्रचण्डले सरकारले संसदमा पेस भएका विधेयकहरु विवादमा  पर्नुलाई तयारी पुर्‍याउन नसकिएको बताए । सरकारले विधेयक ल्याउने क्रममा पूर्व तयारीमा ध्यान कम पुर्‍याएको उनले स्विकारे। 

उनले भने,  ‘जति गृहकार्य भएर विधेयक आउनुपर्ने हो। त्यसो हुन सकेन। विधेयकले ल्याउने विषयमा सरकार अब सर्तक हुनेछ । आउने दिनमा पर्याप्त गृहकार्य गरेर सहमति गररै ल्याउनेतिर जान्छ। 

उनले विवादित गुठी विधेयकलाई परिमार्जन गरेर नै अघि बढ्ने उनले जानकारी गराए।

प्रचण्डले लोकसेवा आयोगको विज्ञापनलाई कुन रुपमा अघि बढाउने भन्नेमा प्रधानमन्त्री युरोप भ्रमणबाट आएपछि छलफल गरी टुंग्याउने बताए। मिडिया काउन्सिल विधेयक पनि परिमार्जन हुने उनको भनाइ छ।

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई प्रोत्साहन गर्न सरकारले पनि आवश्यक बजेट छुट्याउने उनले वचन दिए।



 ‘चन्दाले मात्रै यति ठूलो रंगशाला नबन्न सक्छ। सरकारले सहयोग गर्नुपर्छ भन्न आधार तयार पारेको हो ।’ नीति तथा कार्यक्रममा रंगशालालाई प्रोत्साहन गर्ने विषय आफ्नो बलमा समावेश भएको उनले बताए ।

पार्टी एकीकरणका सन्दर्भमा मूल कार्य सकिएको भन्दै उनले थपे, ‘जिल्ला इन्चार्ज र सह–इन्चार्जका सन्दर्भमा केही जिल्ला टुंग्याउन बाँकी रहेपछि प्याकेजमा सबै एकीकरण सक्ने तयारी भएको छ।’ 



  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १४:१२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया