सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाबारे प्रतिपक्षी दलको चासो

काठमाडौं– बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जानकारी माग गरेको छ । प्रतिपक्षी दलका तर्फबाट सांसद डा. डिला संग्रौलाले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गरेकी हुन् ।  

सामाजिक सुरक्षा योजनाका लागि रोजगारदाता सूचीकरण र श्रमिकको सूचीकरण एक प्रतिशत पनि हुन नसकिरहेको भन्दै उनले भनिन्, ‘यो अवस्थामा श्रमिकले विगतमा पाइरहेको सुरक्षा योजना पनि नपाउने र नयाँ योजनामा पनि जाने नसक्ने अवस्थाले थप जटिलता सिर्जना भएको छ । यसमा सरकारको ठोस कार्यक्रम खोइ ?’

यस योजनामा संगठित क्ष्ोत्रलाई समेटे पनि अनौपचारिक क्षेत्रका श्रमिकका लागि सरकार के गर्दै छ भन्दै सोबारे जानकारी माग गरिन् ।  सर्वोच्च अदालतले विदेशमा रहेकाहरूलाई पनि मतदानको अधिकार दिएको भन्दै उनले उनीहरूलाई मताधिकार दिलाउने सन्दर्भमा सरकार मौन बसेकोप्रति आपत्ति जनाइन् । 

सरकारले न्यूनतम ज्याला लागू गरेको, तर निजी क्षेत्रमा लागू नभएको भन्दै उनले कार्यान्वयनका लागि सरकारले अनुगमन गर्नुपर्ने औँल्याइन् । 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १४:५९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया