वैदेशिक अध्ययनका लागि १२ पास अनिवार्य

काठमाडौं– सरकारले विदेशमा अध्ययन गर्न जानका लागि कम्तीमा १२ कक्षा पास गर्नैपर्ने नियम लागू गरेको छ । एसईई उत्तीर्ण गरेपछि नेपाली विद्यार्थी अस्ट्रेलिया, जापान, अमेरिका, बंगलादेशलगायत देशमा पढ्न जाने क्रम बढेपछि सरकारले यसमा रोक लगाएको हो ।

अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीले अनिवार्य रूपमा सरकारबाट स्वीकृति (नो अब्जेक्सन लेटर) लिनुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२ पास नगरेका विद्यार्थीलाई त्यस्तो अनुमति दिन रोकेको छ ।

मन्त्रालयको निर्देशनमा १२ कक्षासम्म माध्यामिक शिक्षा नै भएकाले विद्यालय शिक्षा सकेपछि मात्रै उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई अध्ययन स्वीकृति दिने उल्लेख छ । संविधान र ऐनअनुसार १२ कक्षासम्म विद्यालय शिक्षा भइसकेकले सरकारले १२ पास नगरी नो अब्जेक्सन लेटर नदिने निर्णय गरेको हो ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायतका लागि नो अब्जेक्सन लेटर दिन कुनै बाधा नरहेको तर विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गरेको मन्त्रालय स्रोले बतायो । 

तर, परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिसमा भने एसइई पढेर डिप्लोमा पढ्न चाहने विद्यार्थीलाई पनि नो अब्जेक्सन लेटर दिन सकिने स्रोतको भनाइ छ । विदेशमा परिवार भएका कारण त्यहीँ गएर पढ्नुपर्ने बाध्यता भएका विद्यार्थीको हकमा यस्तो बाधा अड्काउ फुकाउको नियम लगाइएको हो ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १५:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया