टिपरको ठक्करबाट पत्रकारको मृत्यु

सुर्खेत– बुधबार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट एक पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङलाई टिपरले किच्दा उनको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय छिन्चुकाअनुसार रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र ठक्कर लगत्तै पुनः ब्याक गरेर किचेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । अहिले सो टिपरका चालक भने फरार छन् । चालकको भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १५:५१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया