काठमाडौं– साताको चौथो दिन सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन्ज (नेप्से) परिसूचकमा ३ दशमलव ५० अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ पुगेको हो ।
नेप्से घटेको दिन बुधबार सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशमलव ३६ पुगेको छ । यस दिन बजारमा १ सय ७४ कम्पनीका १८ लाख ७१ हजार ८ सय ९ कित्ता सेयर ५० करोड २६ लाख ८२ हजार ८ सय ८१ रुपैयाँमा कारोबार भए ।
बुधबार कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये तीन समूह उकालो लागे भने बाँकी नौ समूह ओरालो लागे । नेप्से घटेको दिन ट्रेन्डिङ समूह सर्वाधिक ११ दशमलव ७ अंकले उकालो लाग्यो भने निर्जीवन बिमा सर्वाधिक ६१ दशमलव ३४ अंकले ओरालो लाग्यो ।
सेयर बजार घटेको दिन बजारमा ग्लोबल आइएमई बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । यस दिन बैंकको सेयर ७ करोड १२ लाख ६२ हजार २ सय २२ रुपैयाँमा कारोबार भएका छन् ।
साल्ट ट्रेन्डिङ कर्पोरेसन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यस दिन कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी नेपाल हाइड्रो डेभ्लोपर्सका लगानीकर्ताले सर्वाधिक ७ दशमलव शून्य ९ प्रतिशतले सेयर मूल्य गुमाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।