प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा ठगहरू सलबलाए : सांसद् दाहाल

काठमाडौँ– सांसद् कृष्णप्रसाद दाहालले प्रधानमन्त्री कृषि आधुनिकरणमा ठगहरू सलबलाएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटबारे ठिप्पणी गर्दे उनले सो कुरा बताएका हुन् । 

उनले भने, ‘अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण छ । तर सलबलाउन चैं ठगहरू सलबलाउँछन् । विगत्देखि नै त्यो बानी परेको छ । हाम्रा कार्यक्रमहरू त्यस अनुसार बन्छन् ।’ 

सांसद् दाहालले कृषिमन्त्री चक्रपाणि खनालले सबैभन्दा चुनौती भनेको ठगहरूलाई मुक्त गर्ने कसरी ? भन्ने रहेको बताए । 

त्यस्तै बनका विषयमा कुरा राख्दै दाहालले बनहरू तस्करहरूबाट सञ्चालित भएकोे बताए । नेपालको बन संरक्षणमा वैज्ञानिक रूपबाट जान सकेका बताउँदै कुरामा मात्रै सीमित होइन व्यववहारमा उतानुपर्ने आवश्यकता रहेको बताए । 

उनले अब कच्चा काठ बेच्ने नभई तयारी काठ नै गाउँ–गाउँमा बनाउनुपर्ने बताए । सामुदायिक बनहरू र सहकारीहरू मिलेर सहमिल खोल्नुपर्ने भनाई राख्दै दाहालले स्थानीय जनतालाई तालिम दिनुपर्ने बताए । कच्चा पदार्थ बेच्ने नभई तयारीवस्तु बनाएर बेच्नुपर्ने उद्योग निर्माण गर्नुपर्ने उनको भनाई छ । 

चाइनिज फर्निचरले देश भरिएको बताउँदै सांसद्ले हाम्रा बलिया काठहरू कौडीको भाउमा बेच्नुपर्ने अवस्था रहेको बताए । मन्त्री ज्यूको योजना हुनुपर्ने उनले बताए । 
 





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १७:४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया