हज पठाउँदा भ्रष्टाचार गरेकाे आराेपमा अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल हज समिति अन्तर्गत कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद सेएबलगायत १० जनाविरुद्ध  भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

सन् २०१७ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूका हवाई टिकट खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ । समितिले हज पठाउनका लागि बोलपत्र आह्वान गरेको तर कम कबोल गर्ने कम्पनीलाई सोको जिम्मा नदिएर अर्कोलाई दिएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

नेपाल हज समितिको सचिवालयले आह्वान गरेको बोलपत्रमा युनिभर्सल ट्राभलले ८८ हजार ९ सय ९५, हिनाले ९० हजार र सिलिंक ट्राभलले ९५ हजार ३०० रुपैयाँमा तीर्थयात्री लैजाने कबोल गरेको थिए । तर, समितिले सबैभन्दा कम रुपैयाँ कबोल गर्ने युनिभर्सल ट्राभललाई छाडेर बढी कबोल गर्ने हिना ट्राभल्स एण्ड टुर्सको बोलपत्र स्वीकृत गरेको पाइएको छ ।

हज समितिका अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी हज कार्यसम्पादन उपसमिति गठन गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले अध्यक्ष मोहम्मद सोबसहित कार्यसम्पादन उपसमितिका अतावुल अन्सारी, मोहम्मद इब्राहिम राइन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र दाउद हुसेनविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार १८:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया