काठमाडौं महानगरको योजना आयोगमा पाँच सदस्य नियुक्त

काठमाडौं– काठमाडौं महानगरपालिकाले सहरी योजना आयोगमा पाँच सदस्य नियुक्त भएका छन् । नौ सदस्यीय आयोगका लागि महानगरले बिहीबार पाँच सदस्य नियुक्त गरेको हो ।

महानगरले नियुक्त गरेका सदस्यहरुमा संस्कृति, सम्पदा तथा पर्यटनतर्फ प्रा.डा. त्रिरत्न बज्राचार्य, शिक्षा, स्वास्थ्य र समुदायतर्फ गुजेश्वरी श्रेष्ठ, व्यवस्थापन प्रशासनतर्फ मनराजा रञ्जित, सहरी योजनातर्फ कृतिकुसुम जोशी, प्राविधिकतर्फ इन्जिनियर सजीव श्रेष्ठ छन् ।

आयोगको उपाध्यक्ष भने यस अघि नै नियुक्त गरिएको थियो । महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्थाबमोजिम सदस्य नियुक्त गरिएको महानगरपालिकाले जनाएको छ । 

आयोगका पदाधिकारी तथा सदस्यहरुलाई बिहीबारै आयोगका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

जेठ १२ गते बसेको कार्यपालिकाको ३३औँ बैठकले सरोज बस्नेतलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो । 





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १५:२३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया