गुठी विधेयको चौतर्फी विरोध

काठमाडौं– उपत्यकाको ज्यापू समुदायको संगठित संस्था ज्यापू महागुथीले शनिवार विहान बसन्तपुरमा गुठी विधेयकविरुद्ध विरोध सभा गरेको छ । 

गुठी विधेयक विरुद्ध संघर्ष समिति, ज्यापू महागुथीको आव्हानमा निस्केको विशाल र्यालीले न्यूरोड, जुद्धशालिक, इन्द्रचोक हुँदै बसन्तपुरको महादेव पार्वती डलवीमा विरोध सभामा परिणत भएको थियो । 

सभालाई महागुथीका अगुवाहरूले कार्यक्रमलाई सम्बोधन गर्दै गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । 

सरकारले आफूहरूको माग पुरा नगरे सरकारले थेग्न नसक्ने आन्दोलन ल्याउने चेतावनी समेत दिएका छन । उपत्यकाको गुठी संस्कृतिमाथिनै सरकारले हस्तक्षेप गरेपछि जनता सडकमा स्वर्तफूर्त रूपमा निस्केका छन । 

गुठी विधेयक विरुद्ध नेवाः समुदायका विभिन्न जातिय खल, पुचःहरुले शक्ति प्रदर्शन गर्दै आएको छ ।


 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १४:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया