सडक रगताम्य पारेर आन्दोलन

काठमाडौं— हिन्दू राष्ट्रको माग गर्दै आएको शनिबार राष्ट्रिय स्वयंसेवक दलले भिन्न तरिकाले आन्दोलन गरेको छ । रत्नपार्कनजिकैको शान्तिबाटिकाबाट निस्केको जुलुस भद्रकाली पुगेर रोकियो । 

प्रदर्शनकारीले प्रहरीको घेरामा जुलुस लगाइरहेका थिए । केहीबेरमा सडकमा छताछुल्ल रगत देखियो । सो दृष्य देख्ने सर्वसाधारण मात्रै होइन, स्वयं प्रहरी पनि अचम्ममा पर्यो । पछि थाहा भयो, जुलुसमा सहभागीहरुले बधशालाबाट राँगाको रगत ल्याएर सडकमा पोखेका रहेछन् ।

प्रहरी परिसर काठमाडौंका अनुसार रगतको गन्धले उक्त क्षेत्रमा हिँड्नै नसकिने भएको छ । दुर्गन्ध फैलाएको आरोपमा प्रहरीले मनमोहनशमशेर राणासहित नौजनालाई नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०७६ शनिबार १८:७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया