सामाजिक जागरणको इतिहास बुझाउने योगमाया नाटक : बाबुराम भट्टराई
तस्बिर बाबुराम भट्टराईको ट्वीटर ह्याण्डलबाट

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी, नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले सामाजिक जागरणको इतिहास बुझ्न नयाँ पुस्ताले ‘योगमाया’ नाटक हेर्न सुझाव दिएका छन् । शनिबार वत्तिसपुतलीस्थित शिल्पी थिएटरमा परिवारसहित नाटक हेर्न पुगेका भट्टराईले साँझ ट्वीट गर्दे सो कुरा बताएका हुन् । 

योगमाया नाटक हेरेपछि नेपालमा महला, दलित लगायतको मुक्ति आन्दोलन बाँकी रहेछ भन्ने ताजा अनुभूति भएको बताए । 

भट्टराईले भने, ‘ऐतिहासिक विद्रोही पात्र योगमायाको जीवनीमा आधारित नाटक ‘योगमाया’ शिल्पी थिएटरमा हेर्दा नेपालमा महिला, दलित लगायतको मुक्ति आन्दोलन अझै कति बाँकी छ भन्ने ताजा अनुभूति भयो । नयाँ पुस्ताले नेपालमा सामाजिक जागरणको इतिहास बुझ्न यसलाई हेर्नू उपयोगी हुनेछ । लेखक, निर्देशक र कलाकार सबैलाई बधाई ।’ 

योगमाया नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास हो । यस उपन्यासले २०७४ सालमा मदन पुरस्कार पाएको थियो । 

नाटकलाई टंक चौलागाईले निर्देशन गरेका हुन् ।  नाटक असार १६ गतेसम्म चल्नेछ । 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १०:१५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया