काठमाडौं– आइसिसी विश्वकप क्रिकेटमा अहिले भइरहेको खेलमा रोहित शर्माले शतक प्रहार गरेका छन् । रोहितले ८५ बलमा शतक प्रहार गरेका हुन् ।
शतकका लागि उनले ९ चौका र ३ छक्का प्रहार गरे । यो विश्वकपमा उनको यो दोस्रो शतक हो ।
रोहितले लगातार पाँचौ खेलमा ५० भन्दा बढी स्कोर गरेका छन् । यो विश्वकपमा उनले दक्षिण अफ्रिकाविरुद्ध पनि शतक प्रहार गरेका थिए । रोहितले लोकेश राहुलसँग पहिलो विकेटका लागि १ सय ३६ रनको साझेदारी गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।