६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

डोनाल्ड ट्रम्पको ‘आइकोनिक डान्स’

अमेरिकी राजनीतिमा एउटा दृश्य अहिले पनि बारम्बार पुनः प्रसारित हुन्छ । सुनौलो बत्ती, उत्साहित भीड, “YMCA” बजिरहेको धुन, र बीचमा ट्राइ–सूटमा राष्ट्रपति डोनाल्ड ट्रम्प हिप हल्लाउँदै, फिस्ट पम्प गर्दै, आत्मविश्वासका साथ मुस्कुराइरहेका।

यो दृश्य अब केवल राजनीतिक र्‍यालीको होइन, आधुनिक अमेरिकी संस्कृतिको एउटा प्रतीक बनिसकेको छ। यसलाई मानिसहरूले साधारण शब्दमा बोलाउँछन् - “The Trump Dance.”



उद्गम: पुरानो गीत, नयाँ सन्दर्भ

यो सबै सन् २०२० को चुनावी अभियानबाट सुरु भयको र ट्रम्पले आफ्ना र्‍यालीहरूमा Village People को सन् १९७८ तिर प्रकाशित गीत “Y.M.C.A.” प्रयोग गर्न थाले ।



गीत पुरानो थियो, तर सन्देश नयाँ बन्यो उत्सव, जोश, र जनतालाई नजिक ल्याउने प्रतीक बन्यो । ट्रम्पले र्‍यालीको अन्त्यलाई हल्का मनोरञ्जन र आत्मीयताको रंग दिन यस गीतमा नाच्न थाले ।

हल्का कमर हल्लाउने, हाँस्दै हात हल्लाउने, र कहिलेकाहीँ golf swing जस्ता चालहरू यी सबैले उनलाई केवल राजनीतिज्ञ मात्रै होइन, एक उत्कृष्ट स्टेज performer का रूपमा पनि प्रस्तुत गर्‍यो।

जब राजनीतिक नेता नाच्छन्, राजनीतिमा नृत्य कहिलेकाहीँ जोखिमपूर्ण हुन्छ । किनभने यसले नेताको गम्भीरयता घटाउन सक्छ ? तर ट्रम्पले त्यस जोखिमलाई अवसरमा बदलिदिएका छन् । समर्थकहरूका लागि, त्यो उनको human side हो ।

जहाँ “राष्ट्रपति” होइन, “आफुजस्तै साधारण मानिस” देखिन्छ। विरोधीहरूका लागि भने, त्यो “राजनीतिक असंवेदनशीलता” हो विशेषगरी जब त्यो सैनिक कार्यक्रम वा औपचारिक समारोहमा प्रस्तुत हुन्छ।



तर चाहे समर्थन होस् वा आलोचना, ट्रम्पको डान्सले एक कुरा स्पष्ट गर्‍यो राजनीति अब केवल नीति होइन, प्रदर्शन पनि हो।

डिजिटल युगको प्रतीक : ​TikTok, Instagram र X (Twitter) मा “Trump Dance”

एक सांस्कृतिक तरङ्गझैँ फैलियो। कसैले नक्कल गरे, कसैले व्यङ्ग्य गरे, तर परिणाम एउटै — ट्रम्प पुनः चर्चाको केन्द्रमा रहिरहे। यो नाच केवल राजनीतिक प्रदर्शन नभएर एक meme movement बनिसक्यो । जहाँ हरेक कदम, हरेक मुस्कान, भोटरहरूको भावना र पहिचानसँग गाँसिएको छ।

ब्रान्डिङको कला यो केवल मनोरञ्जन होइन, एक रणनीतिक ब्रान्ड निर्माणको माध्यम हो । जहाँ संगीत, उत्साह र भीडको सहभागिता राजनीतिक सन्देशभन्दा बढी प्रभावशाली दृश्य सिर्जना गर्छ।

यसरी ट्रम्पले भाषण मात्र होइन, शारीरिक अभिव्यक्तिद्वारा जनतालाई आफ्नो नजिक ताने प्रयास देखिन्छ ।

विवाद र स्वामित्व

तर यो दृश्य पूर्ण रूपमा विवादरहित छैन। गीत “Y.M.C.A.” को अधिकार Village People समूहसँग सम्बन्धित छ,र यसको राजनीतिक प्रयोगले समय–समयमा नैतिक र कानुनी प्रश्न उठाएको छ।

उनका धेरै आलोचक ट्रम्पको नाचलाई “राज्यको गम्भीरयता घटाउने प्रदर्शन” भनेर आलोचना गर्छन्। तर उनका समर्थकहरू भन्छन् —राजनीतिमा केही हास्य र हल्कापन पनि आवश्यक हुन्छ । किनकि यही तत्वले नेतालाई जनतासँग जोड्छ भन्ने तर्क छ।

प्रभाव र परम्परा

Fort Bragg सैनिक कार्यक्रममा गरिएको “Y.M.C.A.” डान्स, त्यो क्षण थियो, जसपछि यो पूर्ण रूपमा भाइरल बन्यो।

हालसालै अमेरिक जलसेना बार्षिक उत्सव२५० बर्षगाठमा Navy Day को अवसरमा USS George W. Bush जहाजमा गरिएको अर्को प्रस्तुति झन् ठूलो सांस्कृतिक क्षण बन्यो — जहाँ नेभि सैनिकहरू समेत उत्साहपूर्वक सहभागी भए।

त्यसपछि, White House को बाल्कनीमा Melania Trump सँगै गरिएको स्वतन्त्रता दिवसको डान्सले यस प्रवृत्तिलाई ऐतिहासिक स्वरूप दियो।

आजभोलि त झन NFL लगायतका विभिन्न खेलमा खेलाडीहरूले जीतपछि “Trump-style celebration” गर्ने गरेको देखिन्छ। प्रदर्शनको युगमा राजनीति डोनाल्ड ट्रम्पको “YMCA Dance” हास्य, प्रतीक र रणनीतिक सन्देशको मिश्रण हो।

यसले राजनीति र पप संस्कृति बीचको सीमाना मेटिदिएको छ। जहाँ पहिले नेताहरू भाषणले मन जित्थे, अब उनीहरू नृत्यले पनि कथा लेख्दै छन्। शायद यही हो आधुनिक राजनीति  जहाँ हरेक हिप स्विङ र मुस्कान पनि सन्देशको शक्ति बन्न सक्छन् । 

  • प्रकाशित मिति : २८ असोज, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया