वर्षाका कारण रोकियो भारत–पाकिस्तान खेल, वर्षा नरोकिए पाकिस्तानलाई फाइदा

काठमाडौं– आइसिसी विश्वकप २०१९ को भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतले ४६.४ ओभरमा खेलिरहेको थियो । भारतीय कप्तान विराट कोहली र विजय शंकर क्रिजमा थिए । 

खेलमा भारतीय कप्तान कोहलीले ५१ औं अर्धशतक प्रहार गरेका छन् । यसअघि भारतका रोहित शर्माले ८५ बलमा शतक प्रहार गरेका थिए । रोहितले भारतका लागि १ सय ४० रनको योगदान दिए । यो विश्वकपमा उनको यो दोस्रो शतक हो । 

भारतले अहिलेसम्म ३०५ रन बनाएको छ । 

तर, अब पानी परिरहे यो खेल नहुन सक्छ । यस्तो भएको खण्डमा पाकिस्तानलाई फाइदा पुग्ने धेरैले अनुमान गरेका छन् । किनकि सेमिफाइनलमा पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब हुन्छ । उसले यसअघि एउटा मात्र खेल जितेको छ । 

तर, यसअघि दुई खेल जितिसकेको भारतका लागि आजको खेलमा जित निकाल्न सहज हुनसक्ने अनुमान धेरैले गरेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १८:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया