अर्जेन्टिना र उरुग्वे अन्धकारमा

एजेन्सी– विद्युत् प्रसारण सिस्टममा ठूलो फेलियर भएका कारण अर्जेन्टिना र उरुग्वेमा केही दिन यता विद्युत् प्रसारण हुन सकेको छैन । फलतः यी दुई देशका ४८ करोडभन्दा धेरै जनता अन्धकारमा बस्न विवश भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । 

विद्युत् आपुर्ति बन्द हुँदा ब्राजिल र पाराग्वेका जनता पनि अन्धकारमा बस्न बाध्य भएको रिपोर्टहरुमा जनाइएको छ । 

अर्जेन्टिनाका सन्चारमाध्यमका अनुसार त्यहाँ कुनै पनि ट्राफिक लाइटले काम गरेका छैनन्, रेल सेवाहरु बन्द भएका छन् । अर्जेन्टिनामा स्थानीय निर्वाचनका लागि तयारी भइरहँदा आएको यो समाचारलाई निकै महत्वका साथ हेरिएको छ ।

यो विद्युत् प्रसारणमा आएको अवरोधको कारण अहिलेसम्म खुलेको छैन । अहिले सामाजिक सन्जालमा त्यहाँका बासिन्दाले अँध्यारा सहरका तस्वीरहरु राखिरहेका छन् ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १९:३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया