प्रदेश २ को बजेटः ३८ अर्ब ७२ करोड, सांसद्लाई ३ करोड

जनकपुर– प्रदेश २ सरकारले आगामि आर्थिक वर्षका लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ । आइतबार प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले प्रदेश सभामा यो बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा चालूतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार विनियोजन गरिएको छ ।

स्रोतका रुपमा आन्तरिक राजस्वबाट १३ अर्ब ५४ करोड ३१ लाख ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट १६ अर्ब १७ करोड ७४ लाख मानिएको छ । यसपटक १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने प्रदेश सरकारके लक्ष्य छ । 

बजेटमा प्रदेशका सांसद्हरुका लागि ३ करोड छुट्ट्याइएको छ । प्रदेशका निर्वाचित सांसदले ३ करोडका दरले रकम पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने बताइएको छ । प्रदेशका समानुपातिक सांसद्ले एक करेड बजेट पाउने छन् । उनीहरुले यो आफ्नै इच्छाले खर्च गर्न पाउने भएका छन् । प्रदेशमा १०७ सांसद् छन् ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १९:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया