दीपिका विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा

एजेन्सी– बलिउड सुन्दरी दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् । एउटा पत्रिका अब्जर्भर डनले लेखे अनुसार दीपिकाले सुन्दर हुनुको अर्थलाई बुझेर राम्रा काममा समय खर्चिएकी छिन् । यही कारणले उनलाई विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा राखिएको हो । 

बलिउडमा मात्र होइन, दीपिकाले हलिउडमा पनि राम्रो प्रदर्शन गरेकी छिन् । उनले सुरु गरेको लिभ लभ लाइफ नामको संस्थाले पनि अहिले भारत र विश्वका विभिन्न देशमा काम गरिरहेको छ । 

दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बियोन्सीलगायत अभिनेत्री रहेका छन् । 

अहिले दीपिका छापकको प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । मेघान गुलजारले निर्देशन गरेको यो फिल्म १० जनवरी २०२० मा रिलिज हुँदै छ ।





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार १९:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया