पेट्राेलकाे मूल्य घट्याे

काठमाडाैं– नेपाल आयल निगमले पेट्राेलकाे मूल्य घटाएकाे छ । भारतबाट आएकाे सूचीअनुसार पेट्राेलकाे मूल्य समायाेजन गरिएकाे निगमले जनाएकाे छ । 

पेट्राेल, मट्टीतेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएकाे निगमले जनाएकाे छ । हवाई इन्धन र खाना पकाउने ग्यासकाे मूल्यमा भने कुनै फेरबदल भएकाे छैन । 

याे नयाँ मूल्य आइतबार रातीबाट लागू हुने बताइएकाे छ । अब पेट्राेलकाे मूल्य १०८ रुपैयाँ प्रतिलिटर, डिजल र मट्टितेलकाे ९६ रुपैयाँ ५० पैसा  पर्नेछ । 





  • प्रकाशित मिति : असार १, २०७६ आइतबार २०:३४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया