एसईईको नजिता असार दोस्रो सातामा

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल असार दोस्रो सातामा प्रकाशन गर्ने जनाएको छ । 

बोर्डले देशभरका उत्तरपुस्तिकको परीक्षण सम्पन्न भइसकेको बताएको छ । अहिले नम्बर इन्ट्रीको काम भइरहेको र असार दोस्रो सातासम्ममा परीक्षाफल प्रकाशित हुने बोर्डले जनाएको छ ।

गत वर्ष पनि असार दोस्रो सातामा नै परीक्षाफल प्रकाशित भएको थियो । यसपटक प्रदेश २ मा बारम्बार विभिन्न विषयका प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित गरि पुनः परीक्षा लिइएको थियो । त्यसैले पनि गत वर्षको भन्दा यसपटक परीक्षाफल प्रकाशनमा केही ढिला हुन गएको बोर्डले जनाएको छ ।

१० चैतदेखि सुरु भएको परीक्षामा यसपटक नियमिततर्फ ४ लाख ७५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार ९:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया