एजेन्सी– भारतको बिहारमा गर्मीका कारण दुई दिनमा १ सय ४३ जनाको मृत्यु भएको छ । योमध्ये सबैभन्दा धेरै मृत्यु औरंगबादको अस्पतालमा भएको भारतीय मिडियाले जनाएका छन् ।
आइतबार मात्र लूका कारण ४५ जनाभन्दा धेरैको मृत्यु भएको भारतीय मिडियामा उल्लेख छ । आइतबार बिहारको पटनामा सबैभन्दा बढी गर्मी भएको थियो । त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियस रहेको मानिएको छ । शनिबार त्यहाँको तापक्रम योभन्दा पनि बढी थियो ।
गर्मीका कारण अस्पतालमा भर्ना भएका बिरामीको पनि मृत्यु हुन थालेपछि बिहार सरकारले अस्पतालमा एसी, पंखा तथा कुलर पनि लगाउन निर्देशन दिएको छ । लूका कारण शरीर भतभती पोलेको भन्दै मानिसहरु अस्पताल भर्ना हुने क्रम जारी छ ।
औरंगबाद भन्ने जिल्लामा प्रत्येक आधा घन्टामा एक जनाको मृत्यु हुन थालेको छ । लूका कारण स्थानीय स्कुलहरु सबै बन्द गरिएका छन् ।
ती क्षेत्रमा अझै पनि चार दिनसम्म पानी नपर्ने भारतीय मौसमविद्हरुले जनाएका छन् । २० जुन पछि चाहिँ त्यहाँ पानी पर्ने र केही राहत हुने अनुमान गरिएको छ ।
अर्कोतिर, पश्चिम बंगालका चिकित्सकलाई समर्थन गर्दै भारतभरका चिकित्सकहरु अहिले आन्दोलित भएका छन् । बिहारका चिकित्सकले पनि अस्पतालहरुमा ओपिडी सेवा बन्द गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।