नाना पाटेकरलाई सफाइ दिएको भन्दै तनुश्रीको मुम्बई प्रहरीमाथि आरोप

एजेन्सी– बलिउड अभिनेता नाना पाटेकरमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी अभिनेत्री तनुश्री दत्ताले अब मुम्बई प्रहरीमाथि नै आरोप लगाएकी छिन् । उनले पाटेकरलाई सफाइ दिएको भन्दै मुम्बई प्रहरीमाथि आरोप लगाएकी हुन् । 

तनुश्रीले नानाले मुम्बई प्रहरीलाई घुस खुवाएकाले उनलाई सफाइ दिइएको आरोप लगाएकी छिन् । उनले नानामाथि लगाएको आरोपमा कुनै प्रमाण नभेटिएको भन्दै नानालाई सफाइ दिइएको थियो । तनुश्रीले सेप्टेम्बर २०१८ मा नाना पाटेकरमाथि आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । 

तनुश्रीले भनेकी छिन्, ‘मुम्बई प्रहरीले अदालतसँग नै झुठो बोलेको छ, यसमा पैसाको चलखल भएको छ ।’ तनुश्रीले त अदालतका न्यायाधीशले पनि घुस खाएको आरोप लगाएकी छिन् । यो भारतमा भएको ठूलो भ्रष्टाचार भन्दै तनुश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत सम्बोधन गर्दै सामाजिक सन्जालमा स्टाटस लेख्न थालेकी छिन् ।





  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १०:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया